काठमाडौं– स्टार हस्पिटलले, नयाँ छहारी क्लब, कीर्तिपुरसँगको सहकार्यमा बाघ भैरव मावि, कीर्तिपुरमा अध्यनरत विद्यार्थीहरुलाई मिर्गौला रोगसम्बन्धी जानकारी, जाँच तथा प्रशिक्षण प्रदान गरेको छ।
मिर्गौला रोग विशेषज्ञ डा अनिल पोखरेल नेतृत्वको टोलीले विद्यार्थीहरुलाई मिर्गौला रोगसम्बन्धी जानकारी प्रदान गर्नुका साथै उनीहरुको पिसाब तथा रगतमा क्रियटिनिनको मात्रा जाँच गरेको थियो।
किड्नी बचाउँ अभियानअन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्म सचेतना जागरुक गर्ने उद्देश्य अनुरुप विद्यालयमा अध्यनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ।