जाजरकोट- जाजरकोट जिल्लाको भेरी नगरपालिकाले पोषण एप्स संचालनमा ल्याएको छ।
कर्णाली प्रदेशमा र जाजरकोट जिल्लामा रहेको कुपोषणको समस्यालाई सम्बोधन गर्ने र सबैलाई पोषण सम्बन्धि सन्देश प्रवाह गर्ने उद्देश्यले यो पोषण एप्स सञ्चालनमा ल्याइएको हो।
यो पोषण एप्सको प्रयोगबाट देशैभरिका नागरिकहरु लाभान्वित हुने कुरा भेरि नगरपालिका मेयर चन्द्र प्रकाश घर्तीले बताए।
सुआहारा कार्यक्रमको प्रावाधिक सहयोगमा र भेरी नगरपालिकाको आर्थिक सहयोगमा यो पोषण एप्स निर्माण गरिएको हो। यो एप्स गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिने छ र यो एप्स अफलाईन भएको हुँदा सहजै पढन बुझन सकिन्छ।