काठमाडौं- डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल डिस्चार्ज भएका छन्।
मन्त्री खनाल ५ दिनसम्म ग्रान्डी अस्पतालमा स्वास्थ्य उपचार गरी आइतबार डिस्चार्ज भएका हुन्।
डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई गत बुधबारबाट अस्पताल भर्ना गरिएको थियो।
गत मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउँन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए।
निदानले उनलाई डेंगुको परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो।
बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए।
मन्त्री आईतबार डिस्चार्ज भई काममा फर्किएको गिरीको भनाइ छ।