काठमाडौं- काठमाडौंमा माइक्रोबायोलोजीसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
क्लिनिकल माइक्रोवायोलोजी नेपाली संघले काठमाडौंमा भोली र पर्सि यो सम्मलेन आयोजना गर्न लागेको हो।
संघले बुधबार एक पे्रस विज्ञप्ति जारी गर्दै ‘मेसिन, माइक्रोव र मानिस सँगै मिलेर समाधान’ भन्ने लक्ष्यसहित अन्र्तराष्ट्रिय सम्मलेन गर्न लागेको जनाएको छ।
सो सम्मलेलनमा अस्पतालमा हुने संक्रमणले निम्त्याउने समस्या, सेप्सिस, खोप विज्ञान र नयाँ उपकरणहरु जसले बिरामीको उपचारमा कसरी मदत गर्न सक्छन् भन्ने विषयमा बिस्तृत छलफल हुने बताइएको छ।
खोपका लागि सरकारी रणनीति, सरकारी कार्यक्रम र प्रभावकारिता र माइक्रोबायोलोजिष्टहरु संज्ञmमण नियन्त्रण गर्न निपुण छन् कि छैनन भन्नेबारे सम्मलेनले गहन छलफल गर्न उपयुक्त मञ्ज प्रदान गर्नेछ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सम्मेलनमा नेपालसहित भारत, थाइल्याण्ड, चीनलगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने बताइएको छ।