काठमाडौं- अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले चितवन मेडिकल कलेजबाट मेडिकल विद्यार्थी पक्राउ गरेको विषयमा आपत्ती जनाएको छ। म्हासंघले पक्राउ परेका १५ जना विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै प्रकाश चन्द सहित पक्राउ परेका सबैको रिहाइको माग गरेको हो।
मेडिकल कलेजमा अध्ययनरत चन्द महासंघको महासचिव समेत हुन्। उनकै अगुवाइमा चिकित्सा शिक्षा संघर्ष समिति समेत गठन भएको छ। समितिले पछिल्लो समय चिकित्सा शिक्षाको विकृती र विसंगति विरुद्ध आवाज उठाउँदै आइरहेको छ।
सोही अनुसार चन्दको अगुवाइमा चितवन मेडिकल कलेजमा पनि आन्दोलनका कार्यक्रम हुँदै आइरहेको छ। चितवनमा बुधबार भएको प्रदर्शनमा प्रहरीले चन्दसहितका १५ जनालाई नियन्त्रणमा लिएको हो।