काठमाडौं- नेपाल आयुर्वेद विद्यार्थी समाजमा डा लोचन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समाजको १९औ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।
समाजको उपाध्यक्षमा आभास आचार्य र महासचिवमा जेनिशा सापकोटा चयन भएका छन्। अघि समाजको नेतृत्व डा सुमन खनालले गरेका थिए।
२०५३ सालमा स्थापना भएको समाजमा हाल २ सय भन्दा बढी सदस्य रहेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।