काठमाडौं— फरेन्सिक विशेषज्ञ डा विश्वनाथ यादव भारत सरकारले प्रदान गर्ने ‘जेपी मोदी लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।
डा यादवलाई इन्टरनेशनल इन्डियन एशोसियन अफ मेडिको लिगल एक्स्पर्टले उक्त अवार्ड प्रदान गरेको हो।
यो अवार्ड फरेन्सिक चिकित्सकलाई प्रदान गरिने भारतको महत्वपूर्ण अवार्ड मानिन्छ। यो अवार्ड भारतका पहिलो फरेन्सिक विशेषज्ञ तथा वैज्ञानिक जेपी मोदीको नाममा उत्कृष्ट काम गर्ने फेरेन्सिक विशेषज्ञलाई प्रदान गरिन्छ।
यो वर्ष नेपालमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका यादवलाई यो अवार्ड प्रदान गरिएको हो।
डा यादवले फरेन्सिक मेडिसिनमा अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्स नयाँ दिल्लीबाट एमडी गरेका छन्।
उनलाई काठमाडौँमा जारी मेडिको लिगल सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो। यो सम्मेलन नेपालले इन्टरनेशनल इन्डियन एशोसियन अफ मेडिको लिगल एक्स्र्पटसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको हो। बिहिबार देखि सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ।