काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालले डेंगु बिरामीको उपचारका लागि छुट्टै विशेष वार्डको व्यवस्था गरेको छ। अस्पतालमा डेंगु संक्रमित भएर उपचारका लागि आउनेको चाप बढेपछि छुट्टै वार्डको व्यवस्था गरिएको हो।
छुट्टै वार्डमा सुविधासम्पन्न ६ वटा शय्याको व्यवस्था गरिएको छ। उक्त वार्डमा डेंगु हेल्प डेस्क, बिरामीको सिघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुट्टै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ।
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार हाल अस्पतालमा एक दर्जनभन्दा बढी डेंगुका बिरामी उपचाररत छन्।
डेंगु ज्वरो भएको शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ।