अछाम - अछाम जिल्लामा २ जनामा डेगुंको संक्रमण देखिएको छ। जिल्लाको रामारोशन गाँउपालिका –४ का १० महिने बालक प्रविन परियार र मंगलसेन नगरपालिका–९ का सात बर्षिय दिलिप वडमा डेगुंको संक्रमण देखिएको हो।
देशका बिभिन्न ठाँउमा डेंगुको संक्रमण यत्रतत्र देखिएका बेला अछाममा पनि उपचार तथा परिक्षणका क्रममा २ जनामा डेंगु देखिएको हो। बिरामी भएर उपचारको लागि बयालपाटा अस्पताल ल्याइएका परियार र वड दुबै जनामा डेंगुका लक्षण देखिएको र ल्याब परिक्षण गर्दा डेंगु भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा विकाश गौचनले पुष्टी गरे।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।