रुपन्देही- नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्र । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्।
सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरेका गरे भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गरेका छन्।
मतदानका क्रममा छ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताए। सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्। यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो ।रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।