काठमाडौं— डक्टर्स सोसाइटी अफ नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्नातकोत्तर (पिजी) कार्यक्रममा खुला तर्फ ५० प्रतिशत सिट छुट्याउन माग गरेको छ।
न्याम्सको पिजी कार्यक्रममा सरकारी सेवामा रहेका स्थायी चिकित्सकका लागि शत प्रतिशत कोटा उपलब्ध गराइँदै आएको भन्दै सोसाइटीले विरोध गरेको हो। सोसाइटीले माग पुरा नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।
सोसाइटीका अध्यक्ष डा तोसिमा कार्कीद्वारा जारी विज्ञप्तिमा ‘उत्कृष्ट परिक्षार्थी, उत्कृष्ट अवसर’ भन्ने विषयको खिल्ली उडाएको भन्दै खुल्ला प्रतिस्पर्धी चिकित्सकका लागि एउटा पनि सिट नछुट्याइनु विद्यार्थीमाथि अन्याय हो’ उल्लेख छ।
साथै, सोसाइटीले निशुल्क स्नाकोत्तरको सिद्वान्त स्थापित हुनुपर्ने अवस्थामा हालसम्म मेडिकल कलेजले कार्यान्वय नगरेको आरोप पनि लगाएको छ।