काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजको गोरखा जिल्ला कार्यसमिति गठन भएको छ। समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा गोरखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा गोरखा समिति गठन भएको हो।
गोरखा समितिको उपाध्यक्षमा सुरेन लामिछाने, सचिवमा ज्ञानेन्द्र पोखरेल, कोषाध्यक्षमा विमला थापा रहेका छन्। यसैगरी, सदस्यहरुमा झपड बहादुर थापा, ईश्वर बस्नेत, भिम९राजन० प्रसाद काप्री, समिक्षा थापा, भोला भुजेल, रामशरण पोखरेल, कृष्णबहादुर खनाल, दीपक अधिकारी र श्यमकुमार श्रेष्ठ छन्।
नेपाल स्वयंसेवी रक्तदाता समाजको २७ जिल्लामा शाखा विस्तार भएको छ।