काठमाडौं– नन गभर्मेन्ट डक्टर्स एसोसिएसन अफ नेपालले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राध्यापक डा जगदीशप्रसाद अग्रवालप्रति गरिएको दुर्व्यवहारको भर्त्सना गरेको छ।
एसोसिएसनका महासचिव डा रितेश थापाले प्रेस विज्ञप्ति जारी गर्दै डिन जस्तो बौद्विक व्यक्तित्वप्रति हुने यस्ता घटनाको जति निन्दा गरे पनि कम हुने उल्लेख गरेका छन्।
‘दिनानुदिन विभिन्न बहानामा हुने यस्ता दुव्र्यवहारले चिकित्सकको मनोबल गिर्दै गएको छ। चिकित्सक कतै पनि सुरक्षित नभएको अनुभूति हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले घटनाको अबिलम्व छानविन गरी दोषिलाई कारबाही गर्न माग गर्दै मन्त्रिपरिषद्मा विचाराधीन ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी बनेको ऐन २०६६ र सोको नियमावली २०६९ मा ‘बिना धरौटी जेल चलानको प्रावधान’ थप गरी पारित गर्न सरकारसँग अनुरोध गरेको छ।