ललितपुर– सानेपास्थित स्टार हस्पिटलले आउँदै गरेका चाडबाडलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गर्ने भएको छ। शिविर आगामी असोज १ देखि १५ गतेसम्म सञ्चालन गरिने अस्पतालले जनाएको छ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, मधुमेह, थाइरोइड तथा हार्मोन रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, स्त्री तथा प्रसूति रोग, न्यूरो फिजिसियन तथा सर्जरी र हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा उपलब्ध हुने बताइएको छ।
स्वास्थ्य शिविरमा अस्पतालले आवश्यक ल्याब परीक्षण, भर्ना शुल्क र अपरेसन लगायतका सेवाहरुमा ५० प्रतिशत छुटका साथै औषधिमा १० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।