काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को यसअघि रोकिएको प्रवेश परीक्षा आगामि असोज ३, ५, ६ र ७ गते हुने भएको छ।
सर्वोच्च अदालतको आदेश पछि भदौ २१, २२, २३ र २४ गतेलाई तय भएको परीक्षा रोकिएको थियो। तर, आइतबार अदालतले परीक्षा रोक्न जारी गरेको आदेश खारेज गरेसँगै आइओएमलाई पुनः परीक्षा गर्न बाटो खुलेको थियो।
अदालतको उक्त आदेशपछि आइओएमको आज बसेको बैठकले नयाँ मिति तय गरेको हो।