काठमाडौं– सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई पाँच लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डा रुइतलाई पुरस्कृत गर्न लागिएको जानकारी दिएका हुन्।
आँखा स्वास्थ्यको क्षेत्रमा डा रुइतले गरेको योगदानको कदर गर्दै सरकारले उक्त पुरस्कार दिन लागेको हो।