काठमाडौं— थापाथलीस्थित नर्भिक अस्पतालमा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरु भएको छ।
चिकित्सकहरुले अस्वाभाविक मोटोपनका कारण उच्च रक्तचाप र राती घुर्ने र निद्रा नपर्ने समस्या (अब्स्ट्रक्टिभ स्लिप एप्निया) ले पीडित ६५ बर्षिय महिलाको शल्यक्रिया सफलता पूर्वक गरेको छ। यस्तो शल्यक्रिया अस्पतालले पहिलो पटक गरेको जनाएको छ।
अस्पतालको जनरल, जिआइ एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको हो।
इमाडोल निवासी ६५ बर्षिया अञ्जु बुढाथोकी मोटोपनका कारण लामो समयदेखि स्वाँस्वाँ हुने, हिँडडुल गर्न समस्या हुने, उच्च रक्तचाप, राति निद्रा नपर्ने, पिसाव फेर्न गइरहनुपर्ने लगायतका समस्याबाट पिडित थिइन्।
केही समयपूर्व उनी नर्भिकको जनरल, जिआई एन्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आइपुगिन्। अब्स्ट्रक्टिभ स्लिप अप्निया ९राति घुर्ने र निद्रा नपर्ने० समस्याका लागि नर्भिकका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा।डा। रमेश चोखानीसँगको परामर्शपश्चात् जिआई एन्ड ल्याप्रोस्कोपिक शल्यचिकित्सकहरूको टोलीसँगको उनी परामर्शमा रहिन्।
नर्भिकका वरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्राडा मुकुन्दराज जोशीको टोलीले बेरियाट्रिक शल्यक्रिया (तौल कम गर्ने शल्यक्रिया ) शल्यक्रिया गरेका हुन्। अस्पताल आउँदा बुढाथोकीको ९० केजी थियो। शल्यक्रिया पश्चाते उनको तौल ८५ केजीमा झरेको अस्पतालले जनाएको छ।
बेरियाट्रिक शल्यक्रिया ९जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटाबोलिक शल्यक्रिया पनि भनिन्छ० विशेषतः ज्यादा मोटोपन भएका ९बिएमआई ३५ प्रतिकेजीभन्दा बढी० कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमियाजस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपनजस्ता समस्याको उपचार गर्ने गरिन्छ। यसखाले शल्यक्रियाबाट केवल शारीरिक तौल कम हुने मात्र नभई उल्लेखित चिकित्सकीय समस्याको न्यूनीकरण वा निराकरणमा समेत सहयोग पुग्छ।
शल्यक्रिया टोलीका सदस्य डा प्रकाश चौधरीले बुढाथोकीको पित्तथैलीमा रहेका स–साना धेरै पत्थरीहरुको समेत उपचार गरेको बताए।
के हो ल्याप्रोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी शल्यक्रिया?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्छ। यस प्रक्रियामा आमाशयको करिब ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ताकि त्यहाँ कम मात्रै खाना अट्न सकोस्।
अञ्जुको सफलतम शल्यक्रियात्मक उपचार नर्भिकका वरिष्ठ जनरल, जिआई एन्ड ल्याप्रोस्कोपिक सर्जन प्रा।डा। मुकुन्दराज जोशीको टोलीले गरेको थियो। उनी नेतृत्वको टोलीमा डा। सञ्जय पौड्याल, डा। टंकप्रसाद बोहरा, डा। प्रकाश चौधरी र एनेस्थेसियोलोजिस्ट डा। सुरेश लामिछानेको संलग्नता थियो। शल्यक्रियापश्चात् अञ्जुलाई एक दिन आइसियूमा राखेपछि वार्डमा सारियो।
यसअघि पनि नर्भिकमा यसखाले शल्यक्रिया नभएका भने होइनन्। तर, यसअघिका शल्यक्रियामा विदेशी विशेषज्ञहरूको प्रत्यक्ष निगरानी र संलग्नता रहँदै आएको थियो। नर्भिकमा नेपाली चिकित्सक टोलीको मात्र संलग्नतामा गरिएको यसखाले सफलतम शल्यक्रिया भने यो नै पहिलो हो।