अछाम- कमलबजार नगरपालिका– १ की २० वर्षिया इन्द्रा बिकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ।
सात महिने गर्भवती बिकको अहिले नेपालगञ्ज मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भईरहेको छ। लगातार एक हप्तादेखि उनलाई ज्वरो आएको र शरिर भरी संक्रमण भएकाले बयलपाटा अस्पतालबाट थप उपचारका लागी नेपालगञ्ज रेफर गरिएको थियो।
उनलाई हेलिकप्टर मार्फत भदौ २८ नेपालगञ्ज लगिएको हो। आईसियुमा राखेर उपचार गर्नुपर्ने तर आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएकाले आर्थिक सहयोगका लागी र आफ्नो श्रीमती र बच्चालाई बचाईदिन श्रीमान् मनबिर बिकले सबैलाई अनुरोध गरेका छन्।
बिकको उपचारका लागी बयलपाटा अस्पतालबाट आर्थिक संकलन गर्ने काम भइरहेको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले जानकारी दिए।