काठमाडौं- मेडिकल कलेजले नियमविपरीत सरकारले तोकेभन्दा बढी शुल्क आफूहरूबाट असुलेको भन्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा छन्।
विद्यार्थीहरुको मागमा एक्वेवद्धता जनाउँदै सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले शनिबार माइतिघरमा प्रदर्शन गर्ने भएको छ।
विद्यार्थीलाई साथ मेडिकल माफियालाई माथ भन्ने नारासहित उनीहरुले माइतिघरमा ११ बजेबाट प्रदर्शन गर्न लागेका हुन्।
विद्यार्थीहरुले नियमअनुसार तोकिएको शुल्क मात्र उठाउनु पर्ने, बढी शुल्क फिर्ता गर्नुपर्ने, नियमविपरित शुल्क उठाउनेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्। चितवन मेडिकल कलेजका विद्यार्थी त तीन सातादेखि निरन्तर आन्दोलनमा छन्।
मेडिकल कलेजका विद्यार्थीको जायज माग सरकारले पुरा नगरेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी समेत आक्रोशित भएका छन्। डा केसीले त सरकारले ७ बुँदे माग राखेर अनसनको चेतावनी समेत दिएका छन्।
यो पनि :