काठमाडौं- संविधान दिवसका अवसरमा फिलोसोफिस्का नेपालमा दन्त परीक्षण सेवाको आयोजना गरिएको छ। ट्राभलडेन्टिस्ट्रिनेपालले उक्त परीक्षणको आयोजना गरेको हो।
फिलोसोफस्का नेपाल आर्थिक अवस्था कमजोर भएका र अशहाय बालबालिकाको रक्षा, गुणस्तर शिक्षासँगै बसोबास र खानपिनको निम्ति काम गर्दै आइरहेको छ।
दन्त परीक्षण कार्यक्रममा करिब ६० जना बालबालिकाको दाँत परीक्षण गरिएको छ। परीक्षणसँगै दाँत तथा मुख स्वास्थ्यका विषयमा चेतना जगाउने काम पनि भएको संस्थाले जनाएको छ।
यसका साथै उक्त अवसरमा बालबालिकालाई ब्रस, मन्जन पनि वितरण गरिएको छ। उक्त कार्यक्रममा दन्त चिकित्सक शंकर श्रेष्ठ, श्रेया कायस्त, पुजा सुवेदी, सुनिता कुँवर, श्रृयासा अधिकारी, प्रतिक्षा आचार्य लगायतका चिकित्सकले परीक्षण गरेका थिए।
संस्थाका अध्यक्ष डा राजेन्द्र केसीले बालबालिकाको स्वास्थ्यका क्षेत्रमा काम गर्दा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने जानकारी दिए।