वीरगन्ज- वीरगन्ज नर्सिङ क्याम्पसमा अध्ययनरत बिएनएस दोस्रो वर्षका विद्यार्थीहरुले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन्।
वीरगन्ज उपनगरपालिका(१, छप्कैयामा आयोजना गरिएको उक्त शिविरमा करिब २ सय ५० जना बिरामीको उपचार गरिएको थियो।
.jpg)
बिएनएस दोस्रो वर्षमा अध्ययनरत गरिमा पौडेलले शिविरमा आएका व्यक्तिहरुमा आँखासम्बन्धी समस्या, मधुमेह, दम, श्वासप्रश्वास लगायतका समस्या देखिएको बताइन्।
उपचार गर्न आएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।