काठमाडौँ– एमएस नेपाल इन्टरनेसनल २०१९ को उपाधि डा रंगिना लाइकङ्बम शाहले जितेकी छन्।
शनिबार भएको प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीहरुलाई उछिनेर उनी उपाधि चुम्न सफल भएकी हुन्।
ब्लु क्रस हस्पिटलमा कार्यरत उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन्।
उपाधिसँगै डा रंगिनाले सिंगापरमा सम्पन्न हुने अन्तराष्ट्रिय स्तरको विवाहित महिलाको सौन्दर्य प्रतियोगितामा नेपालको तर्फाबाट सहभागिता जनाउने भएकी छिन्।