काठमाडौं- डेंगु रोगको संक्रमित बिरामीहरुका साथै अन्य बिरामीहरुलाई मध्यनजर गर्दै काठमाडौंको रत्नपार्कमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
रिलायन्स फइनान्स लिमिटेड तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि२ नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
आवश्यक रगत र रगतबाट तयार रक्ततत्वहरुको सहज उपलब्ध गराउने वातावरण सृजना गर्न नेपाल स्वयंसेवी रक्तदात समाजद्वारा रक्तदानका लागि आह्वान गरिएको थियो।
कार्यक्रममा महिला तथा पुरुष गरि जम्मा ८२ जनाले रक्तदान गरेका थिए।
सतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा सम्पन्न उक्त रक्तदान कार्यक्रमकाे सभापतित्व रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा लायन्स क्लब अफ युनाइटेड सेन्ट्रलका अध्यक्ष अनिल श्रेष्ठले गरेका थिए।