काठमाडौं- महिला, बालबालिका तथा जेष्ठ नागरिकक मन्त्री थममाया थापाले संघीय सरकारले विद्यालयमा निःशुल्क प्याड वितरण गर्ने योजना बनाएको बताएकी छिन्।
सो योजना कार्यान्वयन गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको जानकारी दिँदै मन्त्री थापाले भनिन्,‘ अहिले निति बनाउने काम भइरहेकाले विद्यालयमा कपडाबाट बनेको प्याड वितरण गरिनेबारे पनि भइरहेको छ।’
एक्पोज नेपालकोे १२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर अगाडी बढ्न संस्थालाई आग्रह गरिन्।
‘घरघरमा प्याड बनाउने तालिम दिन सकियो भने सस्तो र गुणस्तरीय प्याड प्रयोग गर्न पाउने अवस्था बन्छ,’ उनले भनिन्। ‘मर्यादित र स्वास्थ्य महिनावारीका बारेमा खुलेर कुरा गराँै’ भन्ने नाराका काथ एक्पोजले वार्षिकोत्सव मनाएको हो।
प्रदेश नम्बर ३ का सांसद जीवन खड्काले प्रदेश सरकारको विद्यालयमा प्याड वितरण गर्ने कार्यक्रम रहेको बताए। उनले एक्पोजसँग सहकार्य गरी करिब ३० विद्यालयका किशोर, किशोरीलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने योजना बनाइरहेको बताए।
एक्पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले २०१५ देखी अहिले सम्म १ एकहजार ७ सय महिलाहरुलाई निःशुल्क प्याड बनाउने तालिम दिएको जानकारी दिए।
संस्थाले अहिले ५७ जना महिलाई निः शुल्क रुपमा प्याड बनाउने तालिम दिइरहेको महिनामा २ हजार ५ सय प्याड उत्पादन गर्दै आएको संस्थाले जनाएको छ।