अछाम– बयालपाटा अस्पताल परिसरमा आज सरसफाइ गरिएको छ। बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर अस्पतालमा सरसफाइ गरिएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए। अस्पतालमा कार्यरत सबै कर्मचारीको सहभागितामा अस्पताल वरिपरि सरसफाइ गरिएको हो।
अस्पतालललाई सफा, स्वच्छ र बिरामीमैत्री बनाउनका दसैँको पहिलो दिन सरसफाइ कार्यक्रमको सुरुवात गरिएको अस्पतालका सञ्चालन तथा खरिद प्रमुख तिलकमान बोहराले बताए। सरसफाइ अभियान अब निरन्तर रुपमा चलाइने उनले जानकारी दिए।
बयालपाटा अस्पताललाई हरियालीमैत्री अस्पताल बनाउने लक्ष्य अनुरुप यसअघि अस्पताल परिसरमा बो बिरुवा, फूल रोप्ने काम गरिएको सिनियर पुनर्निर्माण सहायक जीवन बोहराले बताए। उनका अनुसार सोही लक्ष्य अनुसार आज अस्पताल परिसरमा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको हो।