काठमाडौं- मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बाथ मुटुरोगको अनुसन्धानका लागि कोष स्थापना गरेका छन्। कोषमा डा रेग्मीले व्यक्तिगत तर्फ १० लाख रुपैयाँ राखेका छन्। डा रेग्मीले विश्व मुटु दिवसको अवसरमा कोष स्थापना गरेका हुन्।
बाथमुटुरोग अध्ययन् अनुसन्धान र रोकथाममा सहयोग गर्न कोष स्थापना गरिएको बताइएको छ। कोषलाई बढाएर १० वर्ष भित्रमा एक करोड पुर्याखउने लक्ष्य रहेको डा रेग्मीले जानकारी दिएका छन्।
उनका अनुसार कोषमा जम्मा भएको रकमको व्याजबाट बाथमुटुको अनुसन्धान खर्च गरिने र रोगथाममा लाग्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने योजना रहेको छ। नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार नेपालमा १ प्रतिशत बालबालिकामा बाथमुटुरोगको समस्या भएको अनुमान छ।
कोषमा आफूले दिएको १० लाखसहित १० अन्य ४–५ जनाको सहयोग गरेर १५ लाख पुगिसकेको रेग्मीले बताए। उक्त कोषको आकार ३ वर्षभित्रमा २५ लाख र १० वर्षभित्रमा १ करोड पुर्यागउने लक्ष्य रहेको उनले जानकारी दिए।