काठमाडौं- थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर सञ्चालनमा ल्याएको छ।
कुरुवा घर ७० जना मानिस बस्न सक्ने क्षमताको छ। अस्पतालले १० करोड रुपैयाँको लागतमा सो कुरुवा घर निर्माण गरेको हो।
यसअघि करुवा घर रातिको समयमा बिरामी कुर्न महिलाले मात्रै पाउने गरेका थिए। महिलाहरु पनि बिरामी नजिकै बस्नुपर्दा विभिन्न खालका संक्रमण फैलिने डर थियो भने बाहिर बस्दा चोरीको समस्या पनि उत्तिकै थियो।
नयाँ कुरुवा घर बनेसँगै अब पुरुष पनि कुरुवा घरमा बस्न पाउनेछन्। अस्पतालले उक्त कुरूवा घरमा बिरामीहरू निःशुल्क बस्न पाउने जनाएको छ।