काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको पनि समयोज सकिएको जनाएको छ। मन्त्रालयले सबै अहेवको समायोजनको काम सकिएर आइतबारबाट पत्र पठाउन सुरु गरेको बताइएको छ।
मन्त्रालयले अहेवको पत्र पठाउन सुरु गरे पनि समायोजनको सूची भने अझै पनि सार्वजनिक गर्न सकेको छैन।
मन्त्रालयलेपत्र पठाए पनि अहेवको विवाद भने कायम हुने सम्भावना रहेको मन्त्रालय स्रोत बताउँछ। ‘विवाद नै नमिलाई पत्र पठाइएको छ,’ एक कर्मचारीले भने, ‘अब पत्र गएपछि कतिको गुनासो आउँछ त्यो हेर्न बाँकी छ।’