काठमाडौं – नेपाल चिकित्सक संघका आजीवन सदस्य प्राडा भोलाराज जोशीमाथि उपचारको क्रममा दुव्र्यवहार गरेको भन्दै संघले विरोध जनाएको छ।
जोशीमाथि अस्वाभाविक र अतिरञ्जित तरिकाबाट दुव्र्यवहार गरिएकोमा संघले खेदपूर्ण भएको बताएको छ। यस्तो प्रकारको घटनाले चिकित्सकले स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पुग्ने बताउँदै सम्पूर्ण सरोकारवाला, सरकार तथा सम्बन्धित क्षेत्रका सुरक्षा निकाय समक्ष संघले अपिल गरेको छ।
संघले घटनाको सत्यतथ्य छानबिन गरी चिकित्सकको प्रतिष्ठामा आँच आउने तथा जनतमा भ्रम सिर्जना गर्ने काम छिटो रोक्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग समेत गरेको छ।
डा जोशीमाथि ओम अस्पतालमा दुर्व्यवहार भएको थियो।