ललितपुर- जावलाखेलस्थित अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो।
मुटु दिवसका अवसरमा अस्पतालले बिरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ।
इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ।
मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत(सिइओ)े दिलिप थापाले बताए।
उनका अनुसार निःशुल्क शिविरमा जाँच गरिएका बिरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको छ।
शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ।
धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक व्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन्।