मुगु- केएमसी पूर्व विद्यार्थी संघले मुगुको कार्कीवाडा मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब ६ सयले उपचार सेवा लिएका छन। केएमसी एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं ५ को सहकार्यमा शिविर आयोजना गरिएको थियो।
महाराजगंज शिक्षण अस्पताल, मनमोहन कायर्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल र पाटन अस्पतालबाट गएको चिकित्सकको टोलिले स्वास्थ्योपचार गरेको थियो। रोगीको परिक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
छायानाथ रारा ५ स्थित नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालयमा असोज १३ गते सम्पन्न उक्त शिविरमा बाल रोग, नशा तथा हाडजोर्नी समस्या, छाला रोग, स्त्री तथा प्रसुती रोगसम्बन्धि समस्या भएका बिरामी अधिक थिए।

केएमसी बागबजारबाट प्लस टु अध्ययन गरि देश विदेशमा रहेका १४ हजार भन्दा बढी दक्ष डाक्टर, इन्जिनीयर,सीएआदिको छाता संघ हो। छायानाथ रारा नगरपालिका ५ का कार्यवाहक अध्यक्ष कालीबहादुर रोकायाले यस्ता निःशुल्क शिविरबाट गरिब जनताले स्वास्थ्य उपचारको सुविधा पाउने बताए।
आयोजक संस्थाका अध्यक्ष डा.अच्युतशाली घिमिरेले यस अघि कोशी टापु, सुनसरी, धादिङलगायतका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए।
