काठमाडौं- एनआरएन आसिसीको ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटि र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले रौटहत जिल्लाको बाढीपिडित क्षेत्र हर्साहा भन्ने गाउँमा मेडिकल चेकजाँच गरेको छ।
कमिटिका अध्यक्ष डा सञ्जिब सापकोटाले बताए अनुसार र्यापिड रेसपोन्स टिमले बाढीपिडित क्षेत्रमा स्वास्थ्य परामर्श र मेडिकल चेकजाँच गरेको हो।
बिरामीको उपचारमा डा शक्ति चौरासिया, डा सानुकाजी बस्नेत, पुष्प अधिकारी र स्थानीय स्वयंसेवक सलंग्न थिए भने टिमलाई डा सिदार्थ भण्डारी, गोविन्द श्रेष्ठ, डा मुक्ति श्रेष्ठ, बन्धु पोखरेल, राम पोखरेल, डा बद्री रिजाल, राधा पौडेल र डा सुरेन्द्र सापकोटाले संयोजन गरेका थिए।
उक्त मेडिकल टिमलाई स्थानिय रुपमा राजाबाबु साहले सहयोग गरेका थिए।
११० घरधुरीका १३२ जना स्थानीयहरुले मेडिकल चेकअप गराएको नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका डा शक्ति चौरासियाले जानकारी दिए। महिला, बालबालिका, वृद्ध, फरक क्षमता भएका मानिसहरु मेडिकल चेकअप गराएका थिए। डा चौरासियाका अनुसार वृद्धाहरुमा झाडापखााला, बालबालिकामा ज्वरो र महिलामा ढाड दुख्ने समस्या बढी पाइएको थियो।
टिमले पानी सफा गराउने क्लोरिनयुक्त झोल बाँडेको थियो भने ४०० प्याकेट जीवनजल पनि बाँडिएको थियो।
र्यापिड हेल्थ असेसमेन्ट टिमले गाउँमा पानीका लागि कलको प्रयोग भएको पायो। पालिकाले केही ठाउँमा धारा समेत जडान गरेको पाइएको छ । ८० प्रतिशत घरमा शौचालय प्रयोग गरेका छन् भने बाँकी बाहिर खुल्ला ठाउँमा नै शौच गर्ने गरेको पाइएको छ।
डा सञ्जिब सापकोटा भन्छन् हामीले केयर युएसए सँग पर्याप्त मात्रामा महिला तथा बालबालिकालाई पौष्टिक आहार पुर्याउनका लागि काम गरिरहेका छौँ ।
त्यसैगरी टिमले यस्तै प्रकारको जाँच यो वर्षको अप्रिलमा बारा पर्सा जिल्लामा पनि गरेको थिया ।
डा सापकोटाका अनुसार टिमले विपद परेको ठाउँमा २४ घण्टाभित्र यस्तो सेवा सुविधा दिने बताए ।
