चितवन- चितवन मेडिकल कलेजको शिक्षण अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपिडी लगायतका सेवा सुचारु गर्ने भएको छ।
अस्पतालले बिरामीको सेवाका लागि सबै सेवा सुचारु राख्ने निर्णय गरेको हो।
मेडिकल कलेजले सार्वजनिक सुचना जारी गर्दै सेवा सुचारु रहने जानकारी दिएको हो।
आइतबार सरकारबाट घोषणा गरिएको सार्वजनिक बिदाको दिनमा समेत यस मेडिकल कलेजको ओपिडी सेवा लगायतका सम्पूर्ण सेवा यथावत रुपमा सुचारु रहने छ, कलेजद्वारा जारी सुचनामा भनिएको छ।