मोरङ- औषधि खरीदमा ठगी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० स्थित साक्षी मेडिकल हलमा काम गर्ने सुनसरी भोक्राह नर्सिङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्तोष मेहतालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उदयपुर त्रियुगा नगरपालिका-७ का सवारी दुर्घटनाका घाइतेलाई न्युरो अस्पताल विराटनगरमा उपचारमा लाग्ने सम्पूर्ण औषधि उक्त मेडिकल हलबाट खरीद गर्न भनि अग्रिम २ लाख रुपैयाँ डिपोजिट राखेकोमा औषधिको पैसा तिर्न जाँदा औषधिको मुल्य बढाउन सच्याएको बिल सहित उनलाई प्रहरीले पक्राउ गरिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।