काठमाडौं– मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ गरिएको छ। पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोमा प्रत्यारोपण गरिएको आरोप लागेको छ।
मिर्गौला किनबेच भएर प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।
उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही गरिने प्रबक्ता गोविन्द प्रसाद थपलियाले जनाएका छन्।