काठमाडाैँ- नर्सिङ केयर क्षेत्रमा विगत १ दशकदेखि परिचय बनाएको अर्किड केयर होमले भैँसेपाटीमा अर्किड केयर होमको शाखा सञ्चालन गरेको छ।
सो शाखाबाट अबदेखि डिमेन्सिया युनिट सञ्चालन आएको छ।
शनिबार एक कार्यक्रमका बीच सो युनिट उद्घाटन गरिएको हो।
मनोरोग विशेषज्ञ डा निदेश सापकोटा र होमकी अध्यक्ष यमुना कटुवाल संयुक्त रुपमा रिबन काटेर युनिटको उद्घाटन गरेका थिए।
सो अवसरमा डा सापकोटाले स्वस्थ्य दिमागसम्बन्धी आफ्नो प्रस्तुति राखेका थिए।
राष्ट्रिय मानव अधिकार आयाेगका अधिकृत खिमानन्द भुषालले ज्येष्ठ नागरिकहरुकाे जनसंख्या बढेसँगै राेग पनि बढ्ने र चुनाैती थपिने बताए। उनले हरेक तहमा जेडियाट्रियक वार्डकाे निर्माण गरिनुपर्ने बताए।
सो अवसरमा म्युजिक थेरापीको छोटो अंश पनि प्रस्तुत गरिएको थियो। प्राडा ध्रुवचन्द्र रेग्मीको सुकर्म ब्यान्डको टिमले सांगीतिक प्रस्तुति पनि दिएका थिए।
अर्किड केयर होमले स्ट्रोक, हेड इन्जुरी,स्पाइनल इन्जुरी भई नियमित फिजियोथेरापी चाहिने तथा पार्किन्सन, अल्जाईमर, डिमेन्सिया या अन्य कुनै रोगको कारणले स्याहार सुसार चाहिने बिरामीहरुलाई स्वच्छ, शान्त र पारिवारीक वातावरणमा २४ सै घण्टा नर्सिङ्ग केयर सेवा दिँदै आईरहेको छ।
यसको मुख्य केयर होम बसुन्धरामा सञ्चिालित छ।