काठमाडौं- अक्टोबर महिनालाई स्तन क्यान्सरको सचेतना महिनाको रुपमा लिइन्छ।
विश्वमा स्तन क्यान्सरले धेरै महिला पिडित बन्न थालेपछि समयमै क्यान्सरबारे पत्ता लगाइ उपचार गर्न, जीवनशैली स्वस्थ बनाउने लगायतका सचेतनाका कार्यक्रम यो महिनाभर हुन्छ।
सोही अवसरमा स्तन क्यानसर, यसको जोखिम र नियन्त्रण गर्ने उपायबारे जनचेतना जगाउने उद्देश्यले शनिबार ’वाकथोन’ आयोजना गरियो।
जावलाखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलगायत अन्य स्तन क्यान्सरबारे काम गर्ने संस्थाको संयुक्त आयोजनामा भएको वाकथोन पाटन दरबारस्क्वायरमा पुगेर सभामा परिणत भएको थियो।
विभिन्न संघसंस्थाका व्यक्ति तथा स्तन क्यान्सरलाई जितेर स्वस्थ जीवन बिताइरहेका मानसिहरु, सर्वसाधारणको उपस्थिति रहको थियो।
सो वाकथोन पाटन दरवार स्क्वायरमा पुगेर स्वस्थ रहनका रहेको जुम्बा डान्स सिकाइएको थियो।
क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाइले चिकित्सकका अनुसार स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ ।
साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्। पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ।
स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।
.jpg)
क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन्।
महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ
क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाइले पछिल्लो समय स्तन क्यान्सर कम उमेरका महिलालाई देखिन थालेको बताइन।
उनले भनिन्,‘स्तन क्यान्सर २५ देखि ४० वर्ष उमेरका महिलामा स्तन क्यान्सरको बढी देखिन थालेको छ। त्यसमा पनि सहरीया महिलामा बढी देखिएको छ।’
स्तन क्यान्सर महिलालाई देखिने क्यान्सरहरुमध्ये दोस्रो नम्बरमा पर्छ। नेपाल स्तन क्यान्सरको जोखिम भएको मुलुकको चौथो नम्बरमा रहेको बताइन्छ।
डा चापागाइले अझैपनि स्तन क्यान्सरको विषयमा मानिसलाई पर्याप्त जानकारी नभएको बताइन।
उनले स्तनमा कुनैपनि ससाना गिर्खागाँठागँुठी देखिएमा तुरुन्त चिकित्सकलाई देखाउन आग्रह गरिन। सुरुवाती अवस्था पत्ता लागेमा यसको उपचार सम्भव छ।
स्तन क्यान्सरका लक्षण
नदुख्ने गाँठो आएमा,
स्तनको मुन्टाबाट रगत बगेमा,
स्तनको मुन्टा भित्र जान थालेमा,
छालामा निको नहुने घाउ आएमा,
काखीमा गाँठागुँठी आएमा,
स्तनको रङ परिवर्तन हुन थालेमा ।
