काठमाडौं— विश्व आस्टियोपोरोसिस दिवसको अवसरमा नेशनल बाथ रोग सेन्टरले निशुल्क परीक्षण गर्ने भएको छ। दिवसको अवसर पारेरर सेन्टरले ३ दिने (आईतबार , सोमबार र मंगलबार) शिविरको आयोजना समेत गरेको छ।
अस्टियोपोरोसिस हाडमा देखिने रोग हो । अस्टियो भनेको हाड हो भने पोरस भनेको हाडको घनत्व कम हुन गएर कमजोर हुनु हो।
त्यसकारण हाडमा देखिने कमजोरी अर्थात सामान्य अवस्थामा रहेको हड्डीको भित्री बनोटमा ठुला छिद्रहरु हुने समस्या नै अस्टियोपोरोसिस हो । सुक्ष्म रुपमा हड्डी नास हुने वा कमजोर हुँदै जाने समस्यालाई नै अस्टियोपोरोसिस भनिन्छ।
सेन्टरले बिरामीको दिवसको अवसर पारेर रगत परीक्षणमा पनि २० प्रतिशत छुट दिई अस्टियोपोरोसिसको उपचारको लागि चाहिने क्याल्सियमा को जाँच पनि निशुल्क गर्ने जनाएको छ।
अस्टियोपोरोसिस फ्याक्चर रोकथाम गर्न विश्वभर २० अक्टुबरमा जागरण अभियान सञ्चालन गर्न अस्टियोपोरोसिस दिवस मनाउने गरिन्छ।
यो वर्ष ‘द्याट्स अस्टियोपोरोसिस’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइदैँ छ। नेशनल बात रोग सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै बद्रि आर्थराइटिस सोसाइटीको संयुक्त आयोजनामा यो दिवस मनाउन लागेको जनाएको छ।
अस्टियोपोरोसिसले हड्डीलाई कमजोर र मक्काउने गर्छ। फ््रयाक्चर प्रायहीप, नाडी र मेरुदण्डमा देखा पर्दछ । मानिसलाई यो रोग तब लाग्छ जब नयाँहड्डीको सिर्जना पुरानो हड्डीको साथ रहदैँन ।
यो रोगले सबैलाई असर गर्छ । अस्टियोपोरोसिसले हड्डीहरुलाई कमजोर र मक्काउने गर्दछ । सन् २०००को तथ्याकं अनुसार विश्वभर २० करोड मानिसलाई यो रोगले असर गरेको देखाएको थियो।
नेपालमा भने यस रोगको यकिन तथ्यांक छैन। चिकित्सकका अनुसार सो रोगका बिरामी बढ्दै गइरहेका छन्।