काठमाडौं – नेपाल औषधि व्यवसायी संघले ‘नो अब्जेक्सन सर्टिफिकेट’ नियमावली कार्यान्वयनको माग गरेको छ। संघले आज विज्ञप्ति सार्वजनिक गरी नियमावलीको कार्यान्वयन सम्बन्धमा आपत्ति जनाएको छ।
संघको विधान बमोजिम ‘एनओसी नियमावाली २०६३’को मर्म र भावना विपरित स्टक्स्टिहरु थप गर्ने साथै व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा बढी औषधि व्यवसायीहरुको लगानी सुरक्षित हुन नसकेको लगायतको गुनासो आएकोप्रति एसोसिएसनले ध्यानाकर्षण गरेको छ।
एसोसिएसनले एनओसीका बारेमा सम्पूर्ण औषधि आयातकर्ता तथा उत्पादक कम्पनीले पनि यस सम्बन्धी चासो राख्न र नियमवाली कडाईका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ।
