काठमाडौं- अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका बिहीबार नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
बिहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइरोइड सेन्टरको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो।
शिविरको मुख्य विशेषता भनेको र्यान्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिनसम्मका लागि नि:शुल्क औषधि वितरण र २८ दिनभित्र एक पल्ट नि:शुल्क फलोअप हो।
.jpg)
शिविर आयोजनाअघि अल्का अस्पतालले सचेतनामुलक र्याली निकालेको छ। र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुँदै कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोकबाट पुन: अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।