लमजुङ- नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६० औं पटक रक्तदान गरेका छन्। शनिबार लमजुङको वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा उनले १६० औँ पटक रक्तदान गरेका हुन्।
शनिबारको रक्तदान कार्यक्रमको आयोजना नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाले गरेको थियो।
शाखा अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा संचालित सो कार्यक्रममा अस्पतालका मेसु डा दया पन्त, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रधान, लमजुङ्ग जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका प्राध्यापक जनक बस्नेत, डा सबिन यादव, डा शरण लिम्बू लगायतको सहभागिता थियो।