काठमाडौं – वरिष्ठ बालरोग विशेषज्ञ डा मणिन्द्र रञ्जन बराललाई पेरिनेटल सोसाइटीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। पेरिनेटल सोसाइटी नेपालको बाल तथा स्त्री रोग विशेषज्ञ एवं जनस्वास्थ्य विज्ञहरुको साझा संस्था हो।
बाल तथा जनस्वास्थ्यको क्षेत्रमा योगदान पुर्यानए बापत डा बराललाई अवार्ड प्रदान गरिएको हो।
डा बरालले सरकारी डाक्टरको रुपमा विभिन्न अस्पतालमा ३० वर्ष सेवा गरेका छन्।
काठमाडौं मेडिकल कलेजमा उनी स्थापनाकालदेखि नै आबद्ध छन्।
डा बरालले आफ्नो चिकित्सकिय अभ्यासका क्रममा हजारौँ बालबालिकालाई नयाँ जीवन दिएका छन्।