भैरहवा- प्रदेश नम्बर ५ ले दुई वटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ। प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको रोल्पा अस्पतालको अध्यक्ष र सदस्य मनोनयन गरेको हो।
मन्त्रीपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल ८ निवासी सुर्य बहादुर भट्टराईलाई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक पुर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
यस्तै, मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक अस्पतालको सदस्य पदमा बुटवल ३ कि रिज्जु श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्यमा निमकुमारी सिंहलाई मनोनयन गरेको छ।