काठमाडौं- बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) मा संक्रमण नियन्त्रण व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
अष्ट्रेलियाको ला ट्रोव युनियभर्सिटीको सहयोगमा केडीसीले दुई दिने गोष्ठीको आयोजना गरेको हो।
गोष्ठीमा पाल्पा, कास्की, नवलपरासी लगायतका स्थानबाट डेन्टल सर्जन, डेन्टल हाइजिनिष्ट, डेन्टल चियर साईड असिस्टेन्ट तथा स्टेरिलाइजेसन प्राविधिकहरु सहभागि थिए।
सहभागीहरुलाई ला ट्रोव युनिभर्सिटीका ओरल हाइजीन प्रोग्राम कोअर्डिनेटर डा रोन क्नेभल तथा टाफ सा अष्ट्रेलियाका विशेषज्ञ किली डाइमान्नो तथा सोन्जा डी माट्टेओले संक्रमण नियन्त्रण, रेडिग्राफिक इन्टरप्रिटिएसन तथा सिल्भर डाइमाइन फ्लोराइड सम्वन्धी तालिम दिएका थिए।
केडीसीका अध्यक्ष बुद्धिमान श्रेष्ठले मुख तथा दाँतको उपचारको क्रममा संक्रमण नियन्त्रणको व्यवस्थापन राम्रो नभएमा क्षयरोग, एचआईभी, हेपाटाइटिस, हर्पिस तथा अन्य सरुवा रोग सजिलै सर्न सक्ने बताए।