काठमाडौं– सरकारले नेपाल नर्सिङ परिषद्को सदस्यमा भारती भेटुवाललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले भारतीलाई चार वर्ष पदावधी रहने गरी मनोनित गरेको हो।
बिहिवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भेटुवाल परिषद्को सदस्यमा नियुक्त गरेको जानकारी गराएका हुन्।
नेपाल नर्सिङ परिषद्को सदस्यमा नियुक्त भारती भेटुवाल हेल्पिङ ह्यान्ड सामुदायिक अस्पतालमा नर्सिङ निर्देशकका रुपमा ११ वर्षदेखि कार्यरत छिन्।
भेटुवाल यो भन्दा पहिले काठमाडौं मोडेल अस्पतालमा १० वर्ष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ वर्ष सेवा दिइसकेकी छिन्।
उनी नेपाल नर्सिङ संघमा उपाध्यक्ष समेत थिइन्।
परिषद्को सदस्य नियुक्त भैसकेपछि स्वास्थ्यखबरसँग कुरा गर्दै भेटुवालले नर्सिङ पढाइ हुने सबै अस्पतालको अनुगमन गरेर समस्या पहिचान गरि समाधान गर्दै गुणस्तरिय सेवा दिने योजना रहेको बताइन्।