काठमाडौं- जनस्वास्थ्यका विद्यार्थीहरुले कोरोना भाइरससम्बन्धी जनचेतनामुलक र्याली गरेका छन्।
होप बिद्यार्थी कल्याणकारी परिषदको आयोजनामा भएको र्यालीमा कोरोना भाइरसबाट बच्ने उपाय, कोरोनाका लक्षण के के हुन भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिइएको थियो।
र्यालीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले सहकार्य गरेको थियो।
र्याली सादोबाटोदेखि जावलाखेलसम्म पुगि कोणसभामा परिणत भएको थियो।
सो जचेतनामूलक र्यालीमा विभिन्न स्वास्थ्यकर्मी एवम् नेपाल जनस्वास्थ्य संघका प्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालय प्रतिनिधि, सुरक्षाकर्मी र होप कलेजमा अध्यनरत बिद्यार्थीको सहभागिता रहेको थियो।
होप बिद्यार्थी कल्याणकारी परिषदका अध्यक्ष विनोद शाही ठकुरीले चीनबाट विद्यार्थी ल्याएपछि उत्पन्न त्रासलाई हटाउन कोरोनाबारे पहिले स्थानीयलाई बुझाउन सरकारले पहल गर्नुपर्ने बताए।