कालिकोट- विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले कालिकोटमा एम्बुलेन्स सहयोग गरेका छन्। शर्माले पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम्बुलेन्स सहयाेग गरेका हुन्।
दुर्गमका बिरामीलाई उपचारका लागि आउजाउ गर्न सहज होस् भनेर एम्बुलेन्स प्रदान गरिएको शर्माले बताए। उनले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानु पर्ने कालिकोटबासीको पीडादायी अवस्था देखेर एम्बुलेन्स प्रदान गरेको पनि बताए।
यसका लागि तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले समन्वय गरेका थिए।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै क्रममा शर्माले आगामी शैक्षिक सत्रमा कालिकोटका दुई जनालाई बीडीएस र पाँच जनालाई पारामेडिकल गरी ७ जनालाई निःशुल्क पढाउने घोषणा गरेका छन्। शर्माको घोषणा अनुसार ७ जनालाई पढाउँदा करिव ६० लाख खर्च लाग्छ ।
त्यस्तै एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन निःशुल्क गर्ने घोषणा पनि उनले गरे।
उनले आफु पढेको पंचदेवल माध्यमिक बिद्यालयका विपन्न बिद्यार्थीलाई छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन्। कालिकोटमा स्वास्थ्य उपचार र शिक्षाका लागि शर्माले झण्डै ६ करोड बरावरको सहयोग गर्ने भएका हुन्।