काठमाडौं– जोन हप्किन्स युनिभर्सिटीका अनुसार संसारभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार ९ सय पुगेको छ। चीन भन्दा इटलीमा दोब्बर भन्दा बढीको मृत्यु भएको छ। चिनमा ३ हजार १ सय ६० को मृत्यु भएको थियो भने इटलीमा ६ हजार ८ सय २० पुगिसकेको छ।
कोरोना भाइरसका कारण हालसम्म विश्वभरमा ४ लाख २२ हजार ६ सय ५२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ८ हजार ३ सय ४१ जना उपचारपछि निको भएका छन्।
धेरै मृत्यु हुने १० देश
१.इटली: ६,८२०
२. चीन: ३,१६०
३.स्पेन: २,८०८
४.ईरान: १,९३४
५.फ़्रान्स: १,१००
६.अमरीका: ७७५
७.बेलायत: ४२२
८. नेदरल्यान्ड्स: २७६
९.जर्मनी: १५७
१०.बेल्जियम: १२२
संसारभर चार लाख २२ हजार ६ सय ५२ संक्रमित भएका छन्। सवैभन्दा बढी संक्रमित चिनमा भएका छन्।
धेरै संक्रमित हुने १० देश
१. चीन: ८१,५९१
२. इटली: ६९,१७६
३. अमरीका: ५३,७४०
४. स्पेन: ३९,८८५
५. जर्मनी: ३२,९८६
६. ईरान: २४,८११
७. फ़्रान्स: २२,६२२
८.स्विट्ज़रल्यान्ड: ९,८७७
९. दक्षिण कोरिया: ९,०३७
१०. बेलायत: ८,१६४