समाचार

रोल्पा नगरपालिकाले हस्तान्तरण गर्‍यो मेडिकल सामाग्री

महेश न्यौपाने

रोल्पा- रोल्पा नगरपालिकाले कोरोना भाइरस परिक्षणका लागि प्रयोग गरिने मेडिकल सामाग्री रोल्पा अस्पताललाई हस्तान्तरण गरेको छ। नगर प्रमुख पूर्ण केसीले हस्तान्तरण गरेको उक्त सामाग्री रोल्पा  अस्पतालका  प्रमुख  डा. धनमाया घर्तीले ग्रहण गरेकी  थिइन्।

नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई ५ सेट, बेडसिट ५ थान, फलामको बेड, सिरानी, सर्जिकल ग्लोभ्स, सेनिटाइजर, आइभी  क्यानुलालगायतका सामाग्री हस्तान्तरण गरिएको छ। 
‘हाल ११ थरिका सामाग्री हस्तान्तरण भयो‚’ नगर प्रमुख पूर्ण केसीले भने‚ ‘निकट भविष्यमा थप ५ थान बेडसिट आउने तयारीमा छ।’ नगरप्रमुख केसीले भने।

जिल्ला अस्पतालमा मेडिकल सामाग्रीको अभाव रहेको डाक्टरहरूबाट गुनासो आउन थालेपछि यसअघि रोल्पा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ  रोल्पा १००/१०० थान मास्क हस्तान्तरण गरेका थिए। नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले १५ थान  कम्बल, ५ थान म्याटिक्स र १०० थान मास्क हस्तान्तरण गरेको थियो। कोरोना परिक्षणका लागि प्राप्त भएका आधारभूत मेडिकल सामाग्रीले आफूहरुलाई काम गर्न सहजता भएको डा. धनमाया घर्तीले बताइन्। 

यसअघि रोल्पा अस्पतालका चिकित्सकहरुले कोरोना संक्रमणको आशंका गरिएका बिरामी जाँच गर्दा लगाउने मेडिकल सामाग्री नभएको गुनासो गरेका थिए। उनीहरुले आइसोलेसन कक्षभन्दा पहिला स्वास्थ्यकर्मीका लागि मेडिकल सामाग्रीको जरुरी रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए। 

स्थानीय सरकार, स्थानीय प्रशासन र जिल्लास्थित अन्य सरोकारवालाहरुले भने आइसोलेसन कक्षको  तयार र स्वास्थ्यकर्मीका लागि चाहिने मेडिकल  सामाग्री सँगसँगै  उपलब्ध गराउने बताएका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने