काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्रालले कोरोना भाइरसको जाँचमा बजारमा उपलब्ध र्यापिड टेष्ट किटको प्रयोग नगर्न अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले ती टेष्ट कीटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकोले प्रयोग नगर्न अनुरोध गरे।
उनले भने, 'त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला।'
कोरोना भाइरस छ कि छैन भनेर छिटो रिजल्ट दिने कीट अन्य देशमा प्रयोग गर्दा विभिन्न प्रश्न आएकोले विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्ने निर्णय गरेको छ।